• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेले बादललाई उम्मेदवार बनाउने

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेश आयोजक कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

औपचारिक निर्णय भइ नसकेपनि बादलकै संभावना रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए ।

राष्ट्रियसभा उपनिर्वाचन आउँदो जेठ ६ गतेका लागि तोकिएको छ।

नेकपा भंग भएपछि एमालेमा लागेका थापालाई माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।