• मंसिर १३ २०८१, बिहीबार

‘फ्लोर क्रस’ गरी मन्त्री बनेका ४ सांसदलाई पार्टीबाट हटाउने एमालेको निर्णय

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन ‘फ्लोर क्रस’ गर्दै मन्त्री बनेका नेकपा एमालेका ४ प्रदेश सांसदलाई पद र पार्टीबाट हटाउने निर्णय भएको छ ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टी र पदबाट निस्कासन गर्ने निर्णय गरेको हो ।

गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका एमालेका ४ सांसदहरुले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्नबाट जोगाएका थिए । साथै, शाहीलाई विश्वासको मत दिएर सरकार जोगाएस्वरुप एमालेका चारैजनालाई भोलिपल्टै मन्त्री बनाइएको थियो ।