• मंसिर १३ २०८१, बिहीबार

बालुवाटारमा एमाले बैठक शुरू

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।

यसअघि वैशाख ६ गते बसेको बैठकले खनाल (नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल–नेपाल समूहले स्पष्टीकरणको जवाफ बुझाइसकेको छ । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने एमालेको तयारी छ ।