• फाल्गुन ३० २०८१, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।