काठमाडौं । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ।
आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो।