• फाल्गुन ३० २०८१, शुक्रबार

सुनको मूल्यमा सामान्य वृद्धि

बैशाख ९ २०७८, बिहीबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।