• फाल्गुन २६ २०८२, मंगलवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने /नलिने अधिकार प्रचण्डलाई

बैशाख ८ २०७८, बुधबार

काठमाडौँ। ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’