काठमाडौँ। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।