• फाल्गुन २६ २०८२, मंगलवार

सभामुख सापकाेटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा

बैशाख ८ २०७८, बुधबार

काठमाडौँ। संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने हुने भएको छ।
लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो ।

सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

उक्त घटनामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।