• मंसिर १३ २०८१, बिहीबार

कांग्रेस केन्दीय समिति बैठक बस्दै

बैशाख ६ २०७८, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा साँझ ६ः३० बजेबाट बैठक सुरु भएको हो । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो सुरु भएको हो । बैठकले १४औं महाधिवेशन सन्दर्भमा निर्णय लिनेछ । क्रियाशील सदस्य वितरण र नवीकरण सूचीकृत गर्ने समय थप गरिने भएको छ ।

वैसाख १५ गतेसम्म अन्तिम मिति राखेर समय थपिन लागेको हो । कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार उक्त मितिमा क्रियाशील सदस्य सूचीकृत नगराउने जिल्लाले महाधिवेशनमा भाग लिने पाउने छैनन् । पार्टीको निर्वाचन समिति संयोजकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा भने बैठकमा छलफल हुने चौधरीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति विषय पनि छलफल उनको भनाइ छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले चैत २० गतेको केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए ।