काठमाडौँ। अपि पावर कम्पनी द्धारा निर्मार्णाधिन ४ मेगा वाट क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना बैशाख महिनादेखि संचालनामा आउने भएको छ । अहिले यसको अन्तिम चरणमा कामहरु द्रुत गतिमा भैरहेको छ । यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ ।
आयोजना इपिसि मोडल अन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । त्यसै गरी कम्पनीले ढल्केबर र सिमरामा १–१ मे.वा. र क्षमताको अर्का आयोजना निर्माण सुरु गरेको छ । यी आयोजना केही महिना भित्र संचालनमा ल्याउने तयारी कम्पनीले गरेको छ । नेपाल विद्युत प्राधिकरण र अपि पावर बीच निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो ।
सम्झौता अन्तर्गत १८ दशलमव ५ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माण गरिनेछन् । यस अन्तर्गत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट बिद्युत उत्पादन गर्नेछ । यी आयोजनाको निर्माण अवधि १० महिना रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रर्वधित यी पहिला आयोजना हुन् । यस आयोजनाबाट उत्पादित विद्युत प्राधिकरण ११ के.भी. र ३३ के.वी. प्रशारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको विद्युत खरिद बिक्री दर ७ दशलमव ३० प्रति युनिट रहेको छ ।
यो आयोजनाको निर्माण पछि अपि पावर कम्पनी सँग ५६ दशमलब ५ मेगावाट जलविद्युत तथा १८ दशमलब ५ मेगाबाट सौर्य गरी ६२ दशमलब ५ मेगावाटका आयोजना रहने छन् । यस आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीको नाफामा उल्लेखित रुपमा बढ्नेछ र शेयरधनीले नाफा वृद्धि हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यस अघि नै दार्चुलामा ८ दशलमव ५ मेगाबाट र ८ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरी संचालनमा ल्याएको छ भने आगामी वर्षमा कम्पनीले दार्चुलामा अवस्थीत ४० मेगावाट क्षमताको अपर चमेलीया जलविद्युत आयोजना संचालनमा गर्ने पनि अपि पावरले जनाएको छ ।