काठमाडौँ। संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।