• मंसिर १३ २०८१, बिहीबार

एमसीसी बारे प्रमलाई सभामुखले दिए घुमाउरो जवाफ

बैशाख ५ २०७८, आईतवार

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताए ।