नेपालका विश्वविद्यालयहरुले हाल पढाईका लागि विद्यार्थीहरु भर्ना गरिरहेका छन् । विद्यार्थीहरु पढ्नका लागि तयार भएर भर्ना भइरहेका छन् । नेपालमा हाल पनि कस्तो खाले शिक्षा पढाउने भनेर बहस त भइरहेको छ तर त्यसको निष्कर्ष भने आइसकेको छैन ।
त्यसकारण औपचारिक शिक्षामा परिवर्तन गर्नुपर्ने आजको आवश्यकतालाई राज्यले पूरा गर्नतिर जोड दिन्छ की दिँदैन भन्नेमा सबैको चासो रहेको छ । प्राविधिक धारको शिक्षातिर पढ्न चाहने विद्यार्थीको लागि प्रवेश परिक्षा लिने विश्वविद्यालयले यसमा परिवर्तन गर्न जरुरी देखिन्छ ।
विज्ञान पढेर आयका विद्यार्थी र सिटिइभिटी प्राविधिक तीन वर्ष पढेर आयका जुन सुकै विषयका विद्यार्थीलाई प्रवेश परीक्षामा सबै प्रश्न विज्ञानमा आधारित भएकोमा सिटिइभिटीका विद्यार्थीहरूको घोर विरोध गर्दैछन् । किन भने पढेको एकातिर र प्रश्नहरु अर्कोतिरबाट आएका छन् ।
त्यसैले विश्वविद्यालयसित अब विज्ञान र सिटिइभिटी प्राविधिक धारबाट पढेर आएका विद्यार्थीको सिमित कोटाको माग गर्न गरिरहेका छन् । विज्ञान र सिटिइभिटी पढेका विद्यार्थीको लागि प्रतत्यक विश्वविद्यालयले दुबै तर्फका विद्यार्थीलाई बराबर कोटाको व्यवस्था गर्नु पर्छ ।