शिक्षक ज्यामिति पढाउँदै थिए । कालोपाटीमा एउटा समकोण (अङ्ग्रेजी अक्षरको एल) थिचेर भने,
हेर त, राइट एङ्गल भनेको यही हो । कक्षामा पढिरहेका एउटा विद्यार्थीले हतपत सोध्यो गुरु लेफ्ट एङ्गल चाहिँ कुन हो नि ?
छोरी : आमा आज पनि एक लाखको सुन समातियो रे । एक लाख रुपैयाँ कति हुन्छ आमा ? धेरै हुन्छ हो ?
आमाः त्यसै कहाँ भन्न सकिन्छ र नानी । यो त तिमी कमाउँदै छौ कि खर्च गर्दैछौ भन्ने कुरामा भर पर्छ ।
छोरीः कसरी आमा ?
आमाः इमान्दारीसाथ एक लाख कमाउने हो भने त्यो एकदमै धेरै हुन्छ ।
जसमानः पण्डित जी आज छोरीको विहे छ हजुरले विहे सम्पन्न गराइदिनु पर्यो ।
पण्डितः आज मलाई अर्कै जरुरी काम छ । विहे यो टेप रेकर्डले गराइदिन्छ, दक्षिणा र टेप रेकर्ड र भोलि फिर्ता ल्याइदिनु होला ।
एउटा ठूलो होटेलमा खाना खाएपछि एक जना ग्राहकले एकबट्टा चुरोट पनि माग्यो । पछि बिलमा बाहिर पौने नौ रुपैयाँ पर्ने चुरोटको पन्द्र रुपैयाँँ लेखेको देखेर उसलाई आश्चर्य लाग्यो ।
पन्द्र रुपियाँ चुरोटको उहीँ पैसा हुने मानिसलाई त केही छुट होला नि ?
होटेलको परिचालकलाई ग्राहकले सोध्यो । तपाइँ पनि कुन होटेलमा परिचालक हुनुहुन्छ र ? उसले सोध्यो ।
होइन मेरो पेसा ठगी हो, ग्राहकले जवाफ दियो ।
एउटी केटीले पुरानो प्रेमिलाई आफ्नो विवाहको निम्तो पठाइ ।
जवाफमा पुरानो प्रेमिको बधाईको खबर पठायो, ‘भगवानले यस्तो शुभ दिन धेरै पटक देओस् ।’
पत्नीः लोग्ने मानिसलाई कुन कुरा सुनायो भने एउटा कानबाट भित्र पस्छ र अर्कोबाट तुरुन्तै बाहिर निस्कन्छ ?
पतिः हो तर स्वास्नी मानिसलाई सुनायो भने उसका दुवै कानबाट भित्र जान्छ र मुखबाट बाहिर निस्कन्छ ।
एक जना संवाददाताले नातटककार जर्ज वर्नाडसँग सोध्यो ।
कुन बुकबाट तपाईंले धेरै रुपैयाँँ पाउनु भयो ?
उनको उत्तर थियो आफ्नो चेक बुकबाट ।