मानिसको कपालमा जुम्रा पर्छन् । जन्तु जनावरको शरीरमा पनि जुम्रा पर्छन् । जुम्रा आफैमा परजीवी हुन् । तिनले मानिस वा जनावरको रगत खाएर बाँच्ने गर्छन् ।
यस्ता परजीवी जुम्रा मार्नका लागि घरेलु उपाय के हुन सक्छन् ? यसका बारेमा जानिराखौं :
१) अजवाइनलाई मसिनो गरी पिसेर त्यसमा बराबर मात्रामा पिसेको फिटकिरी मोहीमा घोलेर लगाउनाले जुम्रा मर्छन् ।
२) धतुरोको पातको रसमा कपुर हालेर कुनै बस्त्रमा त्यसको लेप गरी उक्त बस्त्रलाई टाउकोमा बाँधेर सुत्ने र अर्कोदिन मरेका जुम्रा झार्न टाउको नुहाउनुपर्छ ।
३) तेलमा कपुुर मिसाएर लगाउनाले जुम्रा मर्छन् ।
४) बकाइनाको फल पानीमा पिसेर कपालमा लगाउनाले पनि जुम्रा मर्छन् ।
५) तुलसीको पात र निमका पातको बराबर मात्रा मिलाई पिसेर टाउकोमा लगाए जुम्रा मर्छन् ।
६) चारपोटी लसुन पिसेर कागतीको रसमा मिसाई सुत्नु अघि कपालमा लगाउनाले जुम्रा मर्छन् ।
७) नरिबलको जटाचूर्णले जुम्रा मार्छ ।
८) कपासमा मट्टीतेल राखेर कपालमा लगााई केही क्षणपछि काइँयोले कोरेमा जुम्राहरु झर्छन् ।
९) बेथे (बेथु) लाई उमालेर त्यसको पानीले टाउको धुनाले जुम्राहरु मर्छन् ।
१०) तकियामाथि तुलसीका पात राखेर सुत्ने गरेमा टाउकाका जुम्रा हराउँछन् ।
११) तुलसीको पात पिसेर रस लगाउनाले जुम्रा मर्छन् ।
१२) बोरेक्स क्षार र फिटकिरी दुवै बराबर मिसाएर पिसी पानीमा मिलाएर लगाउनाले जुम्रा मर्छन् ।
१३) मूलाको ताजा रस निकालेर टाउकोमा दल्ने र आधा घण्टा जति चर्को घाममा बसेर कपाल कोर्नाले जुम्रा खस्छन् ।
१४) अदुवा र कागतीको २.२ चम्चा रस मिसाएर टाउकोमा दल्नाले जुम्रा मर्छन् ।
१५) अमलाको बीउ पिसेर कागतीको रस मिसाई कपालमा लगाउनाले जुम्रा मर्छन् ।
१६) टाउकोमा मह लगाएर रुमाल बाँधेर सुत्नाले जुम्रा मर्ने वा भाग्ने गर्दछन् ।
१७) प्याजको रस टाउकोमा लगाउनाले जुम्रा मर्नें गर्दछन् ।
१८) सूर्तिको चूर्ण पानीमा मिसाएर टाउकोमा लगाएपछि जुम्रा मर्छन् ।
१९) रिठापानीले कपाल नुहाएमा जुम्रा झर्छन् र मर्छन् ।
२०) कपालमा बदामको लेप लगाउनाले पनि जुम्रा मर्छन् ।
२१) कपालमा भाइनेगर लगाएर पनि जुम्रा हटाउन सकिन्छ ।
२२) टाउकोमा खरबुजाको रस लगाउनाले पनि जुम्रा मर्छन् ।
२३) निमको बीज सुकाएर बीऊ निकालेर त्यो बराबर रिट्ठा मिसाएर पाउडर बनाई पानीमा मिसाएर हरेक दिन लगाउनाले जुम्रा मर्छन् ।
२४) अनारको बोक्रालाई पिसेर पानीमा घोलेर लेप लगाउनाले जुम्रा मर्छन् ।
२५) स्याण्डको टुक्रालाई पानीमा भिजाएर कपाल मालिस गरेमा जुम्रा मर्छन् ।