लिबाङ । नेकपा माओवादी केन्द्र रोल्पाको बैठक तथा प्रशिक्षण सम्म्पन्न भएको छ । बैठकमा रोल्पा नगर पालिकाका मेयर, रुन्टिगढी गापा, सुनछहरी गापा, थाबाङ्ग गापा, परिवर्तन गापा, गङ्गादेव गापा, र माडी गापाका अध्यक्ष लगायत कार्यकर्ताको उपस्थिति रहेको थियो । बैठकमा स्थानीय निकायमा भए गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
बैठकमा आफ्नो पार्टीको तर्फबाट जनप्रतिनिधि भएकाहरुको मूल्यांकन गरिएको थियो । सबै गापा र नगरपालकिाका पार्टी अध्यक्षले पार्टीले गरेका कामरुको प्रतिवेदन पेश गरेका थिए । तत्कालिन नेकपालाई सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामै फर्काएको अवस्थामा पार्टीलाई कसरी सुदृढिकरण गर्ने भन्नेमा व्यापक छलफल गरिएको थियो ।
प्रमुख अतिथिहरु पूर्वसभामुख कृष्णबहादुर महरा लगायत पूर्वमन्त्री वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती, लुम्बिनी प्रदेश पार्टी अध्यक्ष ओनसरी घर्ती, केन्द्रिय सदस्य झक्कु सुवेदी, जिल्ला इञ्चार्ज सिजल केन्द्रिय सदस्य जोखबहादुर महरा, सुकबहादुर रोका लगायत उपस्थित थिए ।
कार्यक्रममा सल्लाहकारहरुले पनि प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । मन्तव्य राख्ने अतिथिहरुले पार्टीको नीति तथा कार्यक्रमका बारेमा धारणा राखेका थिए । बैठकबाट रोल्पा जिल्लालाई कसरी अगाडी बढाउने भन्ने बारेमा विभिन्न निर्णय गरिएको छ । प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीको सञ्चालनमा भएको झन्कार बुढामगरले जनाएका छन् ।