काठमाडौँ। कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।कर्णाली प्रदेश सरकारकाविषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसले समेत छलफल थालेको छ ।
दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।