काठमाडौँ। नयाँ वर्ष २०७८ सालको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ३५० रुपैयाँ रहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।