• मंसिर १३ २०८१, बिहीबार

अविश्वास प्रस्ताव रोक्न मध्यरातमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

बैशाख २ २०७८, बिहीबार

पोखरा। अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन् ।

बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार ढल्ने सम्भावना बढेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेका थिए । नयाँ सरकार बनाउँदा मुख्यमन्त्री नेपाली कांग्रेसले लिनेसमेत सहमति जुटेको थियो । तर, मध्यरातमा मुख्यमन्त्री गुरुङकै सिफारिसमा प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका छन् ।