काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ वर्षको शुभकामना दिँदै डिलबाट फर्कन आग्रह गरेका छन् । उनले नेता नेपालको पचास वर्षे राजनीतिक यात्रा जोखिममा रहेको औंल्याउँदै डिलबाट फर्किन र सयौंको राजनीतिक जीवनको रक्षा गर्न आग्रह गरेका छन् ।
नयाँ वर्षको शुभकामना दिँदै नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले लेखेका छन्–”माधब कमरेड, नयाँ वर्षको शुभकामना! तपाईंको पचास वर्षे राजनीतिक यात्रा जोखिममा छ। डीलबाट फर्कनुस र सयौको राजनीतिक जीवनको रक्षा । किनभने यो समय तपाईं उद्देलीत हुने होईन,घोत्लिने हो। समय भन्छ-छेउको सियो माझैमा कोही बेला।जे गर्दै हुनुहुन्छ विनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्री!”