एक्काइसौं शताब्दीको पूर्वार्द्धमै विनाड्राइभरका सवारी साधनहरु सञ्चालानमा आउने भएका छन् । ड्राइभर् हुँदा त यसरी दुर्घटनाका घटना एकपछि अर्को गरी घटिरहेका छन् भने विना ड्राइभरमा के होला भनेर धेरैलाई असहज र अपत्यार पनि लागिरहेको छ । तर यो कुरा विज्ञान र प्रविधिका कारण संभव मात्र होइन, व्यवहारिक प्रयोग पनि भैसकेको छ ।
यसलाई अबका दिनमा ट्रफिक नियम अनुसार सार्वजनिक प्रयोगमा ल्याउन मात्र बाँकी छ । यसलाई सजिलो र सुरक्षित यात्राका रुपमा लिइएको छ । यसका लागि टेस्ला, अल्फाबेट र वायमोजस्ता कम्पनीले निरन्तर अभ्यास गरिरहेका छन् । प्रयोग परीक्षणमा सफल पनि भएका छन् ।
पछिल्लो चरणमा टेस्ला र स्पेस–एक्सले सार्वजनिक अनुमतिका लागि विभिन्न संभाव्य देशहरुसँग माग पनि गरेका छन् । तर यसका लागि निकै आधुनिक ट्राफिक व्यवस्थापनको जरुरी हुन्छ । त्यसो त मेट्रो रेल र मोनो रेलहरुको सञ्चालन गरेर टिकट लिंदा, भित्र प्रवेश गर्दा, स्टेशनमा अडिदा, ढोका खुल्ल्दा र बन्द हुँदा या यात्रु झरिरहँदा वा चढ्न खोज्दा स्वाभाविक रुपमा अटोम्याटिक क्रिया तथा प्रतिक्रियाहरु प्रयोगमा आइरहेको हामीले जीवन व्यवहारमा महसुस गरिरहेका छौं ।
अटोमेटिक सवारी सञ्चालनमा भने ड्राइभर रहँदैनन् । यी कार वा सवारी साधनहरुले सजिलै र मानव ड्राइभरजस्तै गरी ब्रेक लगाउने, एक्सिलेटर दबाएर हुइँक्याउने, बाटोका लेन परिवर्तन गर्ने आदि काम सजिलै गर्दछन् । यी कार निर्माता कम्पनीहरुले यस्ता सवारी साधन प्रयोगका लागि मानिसले निर्णय लिन मात्र गाह्रो हो, तर यी सवारीसाधन सञ्चालनमा निर्णय लिंदाका बखत भएको जस्तो गाह्रो हुँदैन ।
यी सवारी साधन प्रयोग एक्काइसौं शताब्दीका सबैभन्दा आधुनिक प्रविधिको प्रयोग हो । बाइसौं शताब्दीमा यी त सामान्य भैसक्ने छन् ।