• मंसिर १३ २०८१, बिहीबार

ओली सरकारले लोकतन्त्र र संविधान नै धरापमा पार्‍यो : नेता सिंह

बैशाख १ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।

‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ ।’ उनले भने ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनैतिक तरवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनु पर्छ ।’

साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए ।

‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधै महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो । राणा शासन हटाउने देखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महन्वपुर्ण भुमिका खेल्ने गरेको छ ।’उनको भनाई थियो ।

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमीत गरेको भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ ।