• मंसिर १३ २०८१, बिहीबार

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री

बैशाख १ २०७८, बुधबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् । आफूले लकडाउनको धम्की दिएको भनेर गरिएका दाबी पनि तथ्यहिन रहेको उनले बताए । ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । सजक हौं मात्र भनेको हुँ ।’

यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे ।