• मंसिर १३ २०८१, बिहीबार

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

चैत्र ३१ २०७७, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्। बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउनेछन् ।