• मंसिर ८ २०८१, शनिबार

मंगलग्रहमा भेटियो समुद्र झैं देखिने निलो मैदान

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । नासाले मंगल ग्रहमा पर्सिभरेन्स रोभर पठाएसँगै मानिसमा नयाँ नयाँ कौतुहलता छाइरहेको छ । अर्कोतिर ओडीसी अन्तरीक्ष यानले पनि नयाँनयाँ आश्चर्यजनक तस्वीर सार्वजनिक गरिरहेको छ । भर्खरै मात्र यसले निलो मैदान भएको आश्चर्य लाग्ने तस्वीर सार्वजनिक गरेको छ । हेर्दा यो निलो समुद्रको भाग झैं देखिन्छ । तर यो बालुवाको विसालकाय मैदान हो । यहाँ रातको समयमा माइनस १५० डिग्रीसम्मको अति चिसो तापक्रम रहन्छ ।

मंगलको उत्तरी गोलाद्र्धमा रहेको यो स्थान अमेरिकाको सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको टेक्सास राज्य बराबर रहेको देखिन्छ । यसको क्षेत्रफल ६९५६६२ वर्ग किलोमिटरसम्म रहेको देखिएको छ । बिहीवार मात्र सार्वजनिक गरिएको यो तस्वीरले मंगलग्रहबारे रहेको आजसम्मको धारणामा गुणात्मकता ल्याइदिएको छ ।

दिउँसो सूर्यको किरण पर्दा बालुवा तातेर उत्पन्न हुने ‘मिरेज’ अर्थात् मृगमरिचिकाका कारण यसो हुन गएको हो । पृथ्वीमा पनि मरुभूमि वरपर रहेका ससाना बुट्यानहरुमा रहेका मृगहरु दिउँसो मध्यान्हमा बालुवा तातेर पानीजस्तै निलो डलबल–डलबल तरंग देखिदा त्यतैतिर दगुरेर भौतारिंदै मर्ने गरेका हुन्छन् । यस्तै मिरेजको आकृति सूर्यको किरणले बालुवा तताउँदा मंगल ग्रहमा पनि देखिने गरेको छ । यसलाई नासाले निलो दुन अर्थात् निलो मैदान भनेर सार्वजनिक गरेको छ ।

दिउँसो धूपमा सडक तात्दा पनि मिरेज देख्न सकिन्छ । तर मंगलग्रहबाट पठाइएको यो तस्वीर थर्मल इमिसन इम्याजिङ सिस्टम (थेमिस) को सहयोगमा लिइएको हो ।

ओडिसी मंगल यानले यसको इतिहासमा गरेको यो आश्चर्यजनक उपलब्धि हो ।