• मंसिर १३ २०८१, बिहीबार

चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ : गगन थापा

चैत्र ३० २०७७, सोमबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका कारण रोजगारी गुमाएका लाखौं नागरिकका विषयमा सरकारले यथासिघ्र पहल गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्‍य समयमा बोल्‍दै उनले दक्षिण कोरियामा रोजगारीमा जान भाषा र सीप परीक्षणा उतीर्ण गरेकाहरूको रोजगारी सुनिश्‍चितता गर्न पनि माग गरेका छन् ।

‘कोरोना प्रभावले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौंले राजगारी गुमाएका छन्,’ उनले भने, ‘सरकारी तथ्यांले भन्छ लाखौंले रोजगारी गुमाएका छन् । यीनीहरूको पुनर्स्‍थापनाका विषयमा चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ । दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा पास गरेका करिब १० हजार पाँच सय र प्रतिबद्ध दुई हजार कामदार काठमाडौंमै अलपत्र छन् । भाषा तथा सीप परीक्षण उतीर्ण गरेका र घर बिदामा आएर जान नपाएका हरूलाई यी कामदारहरूलाई कोरियामा रोजगारी पाउने सुनिश्चिचताका सन्दर्भमा सम्बन्धीत मन्त्रालयले ठोस काम गरेर सदनलाई जानकारी गराउन माग गर्दछु ।’