काठमाडौँ। जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट राउत नेतृत्वको नयाँ कार्यसमिति चयन गरिएको हो ।
अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो र उपाध्यक्षमा अब्दुल खान र वसन्त कुसहवा विजयी भएका छन्। यस्तै, महासचिवमा चन्दन कुमार सिंह निर्विरोध चुनिएका छन् ।
केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।