• मंसिर १० २०८१, सोमबार

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका अधिकांश भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो रहेको छ । सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भूभागमा तुवाँलोको असर रहने छ । मंगलवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।