चितवन । प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप लगाएका छन् ।
प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा ओली लाज पचाएर पदमा बसिरहेको आरोप लगाएका हुन् ।
गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डको भनाइ छ ।