काठमाडौं । स्वास्थ्य मापदण्ड अपनाउँदै शुरु भएको घोडेजात्रा सम्पन्न भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सानो संख्यामा करिब १ घण्टा घोडा र कुकुरको कौशल सेनाले देखाएको थियो ।
आज चैत्र कृष्ण औँसीका दिन काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगितामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्टपति नन्दबहादुर पुुन, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्तिहरुले घोडेजात्राको अवलोकन गरेका थिए ।
सदाझैँ आम नागरिकले भने घोडेजात्रा टेलिभिजनबाट हेरे भने हजारौँ नागरिकले टुँडिखेल वरिपरि उभिएरै घोडेजात्राको अवलोकन गरेका थिए ।
सेनाले घोडचढीका विभिन्न कौशल र कवाज देखाएका छन् ।