काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले एकताबद्ध एमाले नै आजको आवश्यकता रहेको बताएका छन् ।
एकता अभियानसँग आबद्ध नेता–कार्यकर्ताहरूसँग शनिबार गरेको भेटघाट, छलफलमा गौतमले यस्तो बताउदै पार्टी आन्दोलनलाई विभक्त हुन नदिन कार्यकर्ताको दबाब अपुग भएको निष्कर्ष निकालेका छन् ।
“एकताबद्ध एमाले नै आजको आवश्यकता हो । नेतृत्व तहमा विवाद, विमति बढेका बेला जनस्तर (कार्यकर्ता तहबाट) एकताको पहल हुनुपर्छ,” गौतमको भनाइ उद्धृत गर्दै अभियानका नेता बाबुराम थापाले बाह्रखरीसँग भने, “त्यसका लागि एकता अभियानलाई अझ प्रभावकारी, सशक्त बनाउन जरुरी छ ।”