काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लक डाउन हुनसक्ने बताएका हुन् ।
‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।’उनले भने
प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वस्थ जीवन भएकाले यसतर्फ सचेत बन्नुपर्ने बताए । सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको प्रष्ट पादै उनले सबैलाई स्वास्थ मापदण्ड अपनाउन आग्रह गरे ।