कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार नेकपा एमालेको नेपाल- खनाल समूहका तीनजना मन्त्रीले बुझाएको राजीनामा पत्र मुख्यमन्त्री शाहीले आज (शनिबार ) स्वीकृत गरेका हुन् ।
गत मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
राजीनामा स्वीकृतपछि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी‚ आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएका छन् ।