काठमाडौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गरेको छ । नेकपा एमाले प्रवेश गरेका थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए।
यसअघि माओवादीले टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाइसकेको छ ।