• मंसिर १३ २०८१, बिहीबार

सांसद पद गुमेका चार मन्त्रीको आजै पुनर्नियुक्ति र शपथ

चैत्र २७ २०७७, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गर्दा सांसद पद गुमाएका चार नेताले आजै पुनर्नियुक्ति र शपथ लिने भएका छन् ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्नियुक्तिका लागि सिफारिस गरेका हुन् । उनीहरुको साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले उनीहरुलाई पार्टीले कारबाही गरेको सूचना सुनाएका थिए ।