• फाल्गुन २६ २०८२, मंगलवार

जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी

चैत्र २७ २०७७, शुक्रबार

काठमाडौं । चैत्र २४, २५ र २६ गते तीन दिनसम्म बुटवलमा चलेको जनमोर्चा नेपालको राष्ट्रिय सम्मेलनबाट यस पटक पनि चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन् । यसपाला अध्यक्ष नयाँ ल्याउन सक्छन् भन्ने युवाहरुबीच बहस भैरहेका बेला सम्मेलनबाट केसीको प्यानल नै एकमतले नेतृत्वमा आएको छ । केसीको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको घोषणा गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले अहिले अध्यक्ष र कार्यबाहक अध्यक्षको पद सिर्जना गरेरै सार्वजनिक गरेको छ । केन्द्रीय समितिको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली र महासचिवमा मनोज भट्टलाई निर्वाचित भएका छन् । त्यसै गरी सम्मेलनबाट प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा दुर्गा पौडेल निर्वाचित भएको घोषणा गरिएको छ । सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सौमकुमार कार्की, राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली र यमलाल पोखरेल रहेका छन् ।

यसैगरी मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेबी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे, पद्मा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरीप्रसाद बुढा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदयनारायण चौधरी, सुवर्णविक्रम थापा केन्द्रिय समितिमा निर्वाचित भएका छन् ।