• मंसिर १३ २०८१, बिहीबार

‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा देशले नयाँ सरकार पाउँछ’ : नेता महेन्द्र यादव

चैत्र २६ २०७७, बिहीबार

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । 

बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताए । उनले आउँदाे नयाँ वर्ष अर्थात् वैशाखभित्रै देशले नयाँ सरकार पाउने विश्वास दिलाए । उनले भने,‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा देशले नयाँ सरकार पाउँछ, अहिले त्यसका लागि सकारात्मक वार्ता भइरहेको छ ।’ 

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाइ गर्न नहुने बताउदै भने, ‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै सङ्घीयता, संविधानका दफाहरूमाथि प्रहार भइरहन्छ । अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौँ, चाँडै सहमति गरौँ ।’