काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ । आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो ।
आजको बैठकमा माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदहरुको पद खारेज भएको जानकारी गराइएको थियो ।
सभामुख अग्नीप्रसाद सापकोटाले संसद सचिवालयमा दर्ता हुने उक्त पत्र पढेर सुनाएका थिए ।
त्यस्तै अर्को बैठक चैत ३० गते सोमबार बस्ने जानकारी गराएका छन् ।