• मंसिर १३ २०८१, बिहीबार

नेकपा माओवादी केन्द्रका चारजना सांसद पदमुक्त

चैत्र २६ २०७७, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद गुमेको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।