• मंसिर १२ २०८१, बुधबार

मेवाका अनेक फाइदा

चैत्र २५ २०७७, बुधबार

मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो । मेवा आफैंमा मिठो फल हो ।  जुनसुकै मौसममा पनि मेवा सर्वसुलभ रूपमा पाइने फल हो । मेवामा पाइने विभिन्न खालका भिटामिनहरूले गर्दा मेवा खानु हाम्रो शरीरका लागि फाइदाजनक पनि मानिन्छ ।

१.मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ ।
२.मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।
३.मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ ।
४.मेवामा पर्याप्त फाइबर पाइने गर्छ। यसले गर्दा नियमित रूपमा मेवा खाने गर्नाले कब्जियत तथा अन्य पाचन प्रक्रियासम्बन्धी समस्या भएकाहरूका लागि मेवा खानु राम्रो मानिन्छ।
५.मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
६.मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ साथै यसले रगतलाई सफा पनि बनाउँछ।
७.जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदा हुन्छ ।
८ महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ ।
९ उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ ।