मानिसलाई विश्वव्यापी रुपामा कोरोना भाइरसले सताइरहेका बेला कर्नेल अनुसन्धानकर्ताहरुले माटोमा एक नयाँ जीवाणु भेट्टाएका छन् । यो जीवाणुले प्रांगारिक वस्तुहरु सडाउन र निर्माण गर्न मद्दत गर्दछ । यसले आगो बाल्दा, ग्यास जलाउँदा, तेल तताउँदा र फोहरहरु जलाउँदा उत्पन्न हुने हानीकारक तत्वहरु खाइदिन्छ वा नष्ट गरिदिन्छ ।
अनुसन्धानबाट पत्ता लागेको छ कि यी व्याक्टेरिया ४ करोड वर्षदेखि अस्तित्वमा रहिआएका छन् । तिनले हामी मानिस, जीव तथा वनस्पती रहन सक्ने गरी यो पृथ्वीको बाहिरी सतहमा वातावरण निर्माण गरेका हुन् । तिनले नै पृथ्वीको वातावरण जीवमैत्री बनाइरहेका छन् । हामीले तिनलाई देख्न सक्दैनौ । तर तिनीहरुले निरन्तर खेती गरिरहेका छन् । त्यो खेती भनेको माटोलाई जीवमैत्री बनाइराख्नु हो ।
म्याडसेनियना नाम दिइएको यो ब्याक्टेरियाको खोजी सन् २०१७ देखि नै भएको थियो । यो जीवमैत्री ब्याक्टेरियाले शरीरभित्र खाना पचाउन र लागेका चोटपटक निको पार्न निकै क्रियाशीलताका साथ काम गर्छ । यसले विरुवा हुर्कन पनि उत्तिकै मद्दत गर्दछ । यसभन्दा पनि आश्चर्यको कुरा त के छ भने यसले जलवायु परिवर्तनविरुद्ध लड्न निकै ठूलो मद्दत पुर्याइरहेको छ ।
यसको अनुसन्धानमा लागिरहँदा यो व्याक्टेरियाले प्रदूषण गराउने तत्वहरु विनास गरिरहेको देखेर अनुसन्धानकर्ता आफै छक्क परेका थिए । माटोमा रहेर प्रदूषणविरुद्ध लड्दा यिनले अद्भूत चमत्कार देखाइरहेका थिए । यिनको यो सिर्जना आफैमा अनुपम थियो र अविश्वोसनीय जस्तो पनि । किनकि प्रदूषणविरुद्ध यसरी कुनै व्याक्टेरिया लडिरहेका छन् भनेर आधिकारिक रुपमा पत्ता लगाइएको यो नै पहिलो पटक थियो ।
यो प्रक्रियालाई टर्कीको एक वानस्पतीय बगैचा रहेको कर्नेल बोटानिक गार्डनमा देख्न सकिन्छ । त्यहि नै यसको पहिचान भएको थियो । यसले हावामा रहेको प्रदूषण नस्ट गरिरहेको देखेर स्वयम् अनुसन्धानकर्ता पनि चकित भएका थिए ।
अहिले सम्म मानिसले माटोमा हुने जीवमैत्री व्याक्टेरियाका बारेमा केही अनुमान त गरेका थिए होलान् पनि । तर हुन्छ नै भनेर एकिन गर्न भने सकेका थिएनन् । तर पछिल्लो समयमा जलवायु परिवर्तनलाई के गरी रोक्न सकिन्छ भनी अध्ययन र अनुसन्धान गरिरहेका बखत यो पत्ता लागेको हो ।
मानिस आफैमा ध्वंशकारी पनि छ र निर्माणकर्ता पनि । हेरौं यी ब्याक्टेरियालाई आफ्नो जीवन र अस्तित्व अनुकूल हुन दिन कत्तिको मेहनत गर्छ र सचेत हुन्छ ! त्यसैमा ब्याक्टेरियाको मात्र होइन, मानव अस्तित्व पनि निर्भर हुने छ ।