• असार १६ २०८१, शनिबार

धर्तीमा मौसम बदलिए झैं सुख र दुख आउने जाने भइरहन्छ : श्रीकृष्ण

चैत्र २५ २०७७, बुधबार

१. हरेक व्यक्ति जन्मले नभई कर्मले महान बन्छ ।

२. मान्छेको मनमा मात्र शत्रु वा मित्र हुन्छ ।

३. इतिहास हिजो सुख थियो भन्छ, विज्ञानले भोलि हुनेछ भन्छ । तर, अध्यात्मले मन सफा र स्वच्छ भए हरक्षण सुख छ भन्छ ।

४. जस्तो व्यवहार अरुले गर्दा तपाईंलाई रुचीकर लाग्दैन, त्यस्तो व्यवहार तपाईं पनि अरुलाई नगर्नुस् ।

५. न यो शरीर तिम्रो हो, न तिमी यो शरीरका हौ । यो शरीर त पञ्च तत्वले बनेको छ, आगो, जल, वायु, पृथ्वी र आकास । एक दिन यो शरीर यही पञ्चतत्वमा विलिन हुन्छ ।

६. नर्कका तीन द्वार भनेका वासना, क्रोध र लोभ हुन् ।

७. स्वभावैले मन अशान्त हुन्छ, नियन्त्रण गर्न कठिन छ, तर पनि निरन्तर अभ्यासद्वारा यसलाई बसमा राख्न सकिन्छ ।

८. आज तिम्रो भएको कुरा भोलि अरुको हुनेछ । परिवर्तन नै संसारको नियम हो ।

९. जीवन भविष्यमा र अतित दुवैमा छैन, बरु जीवन वर्तमानमा छ ।

१०. जन्मपछि मृत्यु सुनिश्चित छ । जन्म लिएका सबै मर्छन् । यसैले अपरिहार्य कुरामा शोक गर्नु जरुरी छैन ।

११. व्यक्ति आफुले चाहेअनुसार बन्न सक्छ, यसका लागि उसले विश्वासका साथ इच्छित वस्तुमाथि लगातार चिन्तन र कर्म गरिरहनुपर्छ ।

१२. मान्छे आफैमा विश्वास हो, जस्तो विश्वास गर्छ, उस्तै बन्छ ।

१३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि बिग्रन्छ । यसले तर्क नष्ट गर्छ अनि व्यक्तिको पतन सुरु हुन्छ ।

१४. तेरो र मेरो, आफ्नो र पराय छाड । तब सबैकुरा तिम्रो हुनेछ र तिमी सबैको हुनेछौं ।

१५. सधै सन्देह गरिरहने मान्छेका लागि इहलोक र परलोक दुबैमा सुख छैन ।

१६.जसले इच्छा त्याग गर्छ, म र मेरो भन्ने लोभ एवं भावनाबाट मुक्त हुन्छ, उसलाई परम आनन्द प्राप्त हुन्छ ।

१७. धर्तीमा मौसम बदलिए झैं जीवनमा सुख र दुख पनि आउने जाने भइरहन्छ ।

१८. जे भयो, राम्रो भयो । जे हुँदैछ त्यो राम्रो हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रो हुनेछ ।

१९. तिमीले के गुमायौं र रोइरहेका छौ । तिमीले के लिएका थियौं र तिमीबाट खोसियो ? जे लिएका थियौं धरतीबाटै लिएका थियौं र जे गुम्यो, धरतीमै गुम्यो ।

(महाभारतमा वर्णित भागवत गीताबाट)