काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । बागमती प्रदेशको स्थायी कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । यस्तै, सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।
त्यस्तै आजै बागमती प्रदेशका बाँकी रहेका जिल्लाहरुमा नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।