• मंसिर ११ २०८१, मंगलवार

आफ्नो मुटु सुरक्षित राख्न चाहनु हुन्छ भने यस्ता बानी तुरुन्त त्याग्नुहोस् 

चैत्र २३ २०७७, सोमबार

मानव शरीरकाे अत्यन्त महत्वपूर्ण अंग मुटु हाे । मुटुलाई सुरक्षित राख्न विशेष हेरचाह गर्नुपर्दछ । 

मुटुलाई सुरक्षित राख्ने केही उपायहरु:

  • नुनिलो वा गुलियो खाँदा ठिक्क मात्रामा खानुपर्दछ । अधिक मात्रामा खाएमा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन् र मुटुमा असर गर्दछ । 
  • धुम्रपानकाे लत लागकाे छ भने यथाशिघ्र छाेड्नु पर्छ  जसकाे सेवनले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।
  • धेरै रक्सी पिउँदा उच्च कोलेस्टेरोल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
  • धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
  • धेरै खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।
  • राति ढिलासम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।
  • निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।