• मंसिर ११ २०८१, मंगलवार

रुपा र रजनीलाई ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन २०२१’ को उपाधि 

चैत्र २३ २०७७, सोमबार

काठमाडौं । नेपालमै पहिलोपटक सुरु भएको अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि रुपा पहाडी र रजनी राईले जितेका छन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा भएको प्रतियोगितामा रुपाले ‘मिसेस’ र रजनीले ‘मिस’ तर्फको उपाधि हात पारेका हुन् । डीना खत्री ‘फष्ट रनर अप’ र सरिता कोइराला ‘सेकेन्ड रनर अप’ चुनिए । विजेता चारजनाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित विभिन्न उपहारसमेत प्राप्त गरे ।

ग्रीन आर्ट मिडियाले अपांगता भएको व्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना भएको प्रतियोगितामा रुपा पहाडी ‘बेस्ट स्माइल’, मिरा तामाङ ‘बेस्ट डिसिप्लेन’, संगीता मागी ‘मस्ट ट्यालेन्टेड’, टिना महर्जन ‘मस्ट फोटोजेनिक’, मिना शर्मा ‘मस्ट अमाजिनो’, निर्मला भण्डारी ‘बेस्ट पर्सनालिटी’, अनु राई ‘मस्ट हम्बल’, सरिता कोइराला ‘मस्ट फ्रेन्डली’, गंगा छन्त्याल ‘मस्ट ग्ल्यामर’, तुलसा थापा मगर ‘मस्ट कन्फिडेन्ट’, रजनी राई ‘बेस्ट स्क्रिन’ र अस्मी दुलाल ‘मष्ट ब्युटिफुल’ बने ।

प्रतियोगितामा पुर्व ‘मिस नेपाल’ इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सिएमपीडी नेपाल)का सभापति सरिता थुलुङ निर्णायक थिए ।