सिंगो ब्रह्माण्डको उत्कृष्ट सिर्जनाका रुपमा रहेको पृथ्वी आफैमा रहस्यमय छ । अरु कुनै ग्रहसँग मेल नखाने यो ग्रहमा प्राणीको अस्तित्व छ । पृथ्वीको यो रहस्यसँगै घुलमिल हुँदै गरेका मानिस पृथ्वीभन्दा बाहिरका ग्रहहरुको खोजीमा पनि लागिपरिरहेका छन् । पृथ्वी बाहिरफेरबाट यसको चुम्बकीय प्यारासुटका कारण सुरक्षित रहन पुगेको छ । पृथ्वीको आफ्नै प्राकृतिक चुम्वकीय क्षेत्र छ । यसले पृथ्वीमा बाहिरबाट हुनसक्ने हानी नोक्सानी र क्षतिबाट बचाउँदै आएको छ । यो मूलतः हावा रहेको बाहिरी सतह हो ।
पृथ्वीको सतह यसको मुनि रहेका विसाल टेक्टोनिक प्लेटले धानिएको छ । यिनै टेक्टोनिक प्लेटका कारणले पृथ्वीको सतह आरामदायी बनेको छ । यिनैले पृथ्वीको सतहमा जहाँत्यही ज्वालामुखी फुट्नबाट रोकेका छन्, बचाएका छन् र पृथ्वी हराभरा बनेर जिइरहेको छ ।
जीवमैत्री चरित्र :
पृथ्वी आफैमा जीवमैत्री रहेको छ । यसको सतहमा पानी र ग्यासजस्ता पदार्थ निर्माण हुने प्रक्रिया निरन्तर चलिरहेको छ । यसले जीव तथा वनस्पतिमैत्री बनाइराख्न सहयोग गरेको छ । पृथ्वीले हर समय जीव तथा वनस्पति कसरी जोगाइराख्ने भन्ने निकै ख्याल गरेको पाइन्छ । वैज्ञानिक चाल्र्स डार्विनका ‘थ्यौरी अफ इभोल्युशन’ पढेर पनि यी कुराको बोध हु्न्छ । उनका ‘स्ट्रगल फर एक्जिस्टेन्स’ र ‘सर्भाइभल फर दि फिटेस्ट’ आदिमा पनि यी कुरा बोध गर्न सकिन्छ ।
पृथ्वीबाट जीव तथा वनस्पती कहिल्यै पनि लोप नहोउन् भनेर यसले पृथ्वीको बाहिरी सतह अर्थात् भूत्वकलाई हरदम जीव-वनस्पती मैत्री बनाइराखेको हुन्छ । जंगल फडानी गरिएका स्थानहरुमा विषालु जातका झारहरु उमारेर पनि यसले आफ्नो बाहिरी आवरण बचाइ राख्न प्रयास गरिरहेको हुन्छ ।
पृथ्वीको सजीव बनोट :
पृथ्वीको बाहिरी सतहमा ७० प्रतिशत पानी छ । सतहमा जमिनको भाग जम्मा ३० प्रतिशत देखिन्छ । पृथ्वीजस्तै गरी मानिसको शरीरमा पनि ७० प्रतिशत पानी रहेको छ । पृथ्वीमा पानी रहेकाले अन्तरीक्षबाट हेर्दा पृथ्वीको रङ हरियो देखिने गर्दछ । यसलाई यस कारणले पनि हरियो ग्रह भनिएको हो ।
पृथ्वी आफैमा सिलिकन, अक्सिजन र फलामको सबैभन्दा बढी समिश्रण भएको वैज्ञानिकले साबित गरेका छन् । पृथ्वीको बाहिरी सतहमा ३२.१ प्रतिशत फलाम, ३०.१ प्रतिशत अक्सिजन र १५.१ प्रतिशत सिलिकन बालुवा र १३.९ प्रतिशत म्याग्नेसियम रहेको छ । तर पृथ्वीको भित्री अर्थात् केन्द्र मण्डलमा भने ८८ प्रतिशत फलाम रहेको छ । यसले पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रलाई पृथ्वीको चारैतिर फैलाएर राखेको छ ।
हावाको सिरक :
पृथ्वीको दश हजार किलोमिटर माथिसम्म हावा फैलिएको छ । यो हावा त्यहाँबाट फुस्किएर शुन्य आकाशमा जान र बिलाउन सक्दैन । आजसम्म गएको पनि छैन । हावाको यो सतहले पृथ्वीमा प्राणीको अस्तित्वका लागि अनुकूल वातावरण तय गरिदिएको छ । यसले पृथ्वीको माथि चारैतिर सिरकको जस्तो काम गरिरहेको छ । विरुवाबाट उत्पादन भएको अक्सिजन संसारभर पुर्याएर यसले जीवन रक्षाको काम गरिरहेको छ ।
आकाशबाट पृथ्वीतिर सेकेण्ड÷सेकेण्डमा उल्का पिण्डको वर्षा भैरहन्छ । यस्ता उल्काहरु कुुनै साना त कुनै ठूलाठूला हुन्छन् । पृथ्वीमा खसिरहेका साना उल्काहरु साधरण आँखाले देखिदैनन् । कारण हो, पृथ्वीतिर आउँदै गर्दा घर्षणका कारण यी पृथ्वीको नजिक आइनपुग्दै जलेरै हराउँछन् । केही मझ्यौला खालका पिण्डहरु देखिने गरी आकाशमा बल्दै खसेका हुन्छन् । तर पृथ्वीमा आइ पुग्दैनन् ।
कुनै भीमकाय उल्का पिण्डहरु भने कि त पृथ्वीमा खसेर क्षति नै पुर्याएका हुन्छन् कि त पृथ्वीबाट थोरै मात्र छलिएर अर्कोतिर बाटो लिई आकाशतिरै फर्किए झैं देखिन्छन् । कहिलेकाँही पृथ्वीमा खसेका उल्का पिण्डले बनाएका गहिरा खाल्डाहरुलाई गाउँघरका मानिसले ‘तारा खसेको’ भन्ने गर्दछन् । तर ती वास्तवमा तारा खसेका होइनन् । किनकि तारा त पृथ्वीभन्दा कैयौं गुणा ठूला पनि रहेका छन् र ती निकै टाढा छन् । खस्न पनि खस्दैनन् र पृथ्वीमा आइ पनि पुग्दैनन् ।
उल्का वर्षा :
तर यो गोल ब्रह्माण्डीय आकाशमा रहेका धूलोका कणहरुबाट साना ठूला पिण्डहरु बनिरहने र आफ्नो भार थाम्न नसकी पृथ्वीतिर खसिरहने गर्दछन् । लाखौंको संख्यामा यस्ता पिण्डहरु आकाशबाट हरक्षण पृथ्वीतिर खसिरहेका हुन्छन् । हालसम्म पृथ्वीमा खसेको भनिएको सबैभन्दा ठूलो पिण्ड भनेको ‘एस्टेरोइड’ हो । वैज्ञानिकका अनुसार यो पृथ्वीमा जीव विकासको क्रममा ६५ लाख वर्ष अगाडि डाइनोसरको पालामा भएको थियो । यसले त्यतिबेला डाइनोसर युगको अन्त्य गराएको थियो ।
उल्का छल्ने चुम्वकीय प्यारासुट :
पृथ्वीको केन्द्र मण्डलमा रहेको ८८ प्रतिशत फलामकै कारण पृथ्वीको आफ्नो गुरुत्व बल छ । यसैले पृथ्वीको आफ्नै चुम्बकीय शक्ति पैदा गरेको छ । पृथ्वीको वरिपरि रहेको यही चुम्वकीय शक्तिले पृथ्वीलाई अरुबाट ठोक्किन र भीमकाय उल्काहरु बज्रनबाट बचाएको छ । यो चुम्वकीय प्यासुटले पृथ्वीतिर खसिरहेका पदार्थहरुलाई विकर्षित गरी जीव वनस्पतिको निरन्तर रक्षा गरिरहेको छ । चुम्वकीय प्यारासुटले पृथ्वी बचाउन निकै ठूलो काम गरिरहेको छ । यसैका कारण पृथ्वीको बाहिरी सतहमा हावा पुगेसम्मको आकाश ढाक्ने लहर सहितका ऋणात्मक झड्काहरु पैदा भइरहेका हुन्छन् । यसले पृथ्वीतिर आइरहेका उल्काहरु विरीत दिशामा उछिट्याइरहेको हुन्छ । तर पृथ्वीको सिंगो भौतिक भागमा भने सधैं धनचार्ज पैदा भैरहेको हुन्छ ।
आकाशीय ऋण तथा धरातलको धनचार्जको सन्तुलनले पृथ्वी आफैलाई जीवित रहन सहयोग गरिरहेको छ । त्यसमा पनि आफ्नो अक्ष र कक्षमा भैरहेको नियमित परिभ्रमण र परिक्रमणले यसलाई न त अरु ग्रहसँग ठोकिन जान दिन्छ न त अरुलाई यसमा ठोकिन आउन दिन्छ ।
आश्चर्यको कुरा त के रहेको छ भने परिभ्रमणका बखत सूर्य, तारा या अरु ग्रहको नजिक हुनजाँदा पृथ्वीको यही चुम्वकीय शक्तिले सन्तुलन मिलाई अरुलाई विकर्षित गराइदिने क्षमता राख्दछ । प्याराशुटरुपी यही चुम्वकीय शक्तिले निश्चित क्षितिजीय दुरीसहित सापेक्ष लक्ष्मण रेखा कायम गरिरहेको हुन्छ ।