• मंसिर १२ २०८१, बुधबार

सानिमा बैंकको अनलाइन केवाइसी सुविधा

चैत्र २३ २०७७, सोमबार

काठमाडौ । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै विद्युतीय (अनलाइन)माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन केवाइसी अपडेटमा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफूलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक लाभान्वित हुने बैंकको विश्वास रहेको छ । हाल बैंकको सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।