• मंसिर ७ २०८१, शुक्रबार

छाडा चौपायाका कारण सुर्खेतका किसान मर्कामा

चैत्र २३ २०७७, सोमबार

वीरेन्द्रनगर । सुर्खेतमा छाडा छोडिएका पशु चौपायाले किसानलाई दुःख दिने गरेका छन् । जनताले वीरेन्द्रनगर नगरपालिकालाई कर तिरेकै छन् तर के गर्नु गाई पाल्नेहरुले पनि दुध आउञ्जेल पाल्ने र दुध खाने तर दूध दिन छोडे पछि फुकाएर लखेटिदिने गरेका छन् । यसरी गाईहरुलाई छाडा छोडेपछिको असर किसानलाई पार्न आएको छ ।

खेतीको काममा व्यस्त किसानहरुलाई तिनै छाडा पशुहरुबाट खेती जोगाउनका लागि रात दिन नभनी गाई र गोरुको रेखदेख गर्नुपर्ने अवस्था आएको छ । छाडा छोडिएका पशुहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग पीडित किसानहरुको रहेको छ । जनतासित कर उठाएर खाइबसेको नगरपालिकाले नै यी छाडा गाईहरुको उचित व्यवस्थागर्नु पर्ने होइन र ? यस्ता काममा स्थानीय सरकार मानिएको नगरपालिकाले उचित भूमीका खेल्नु पर्ने होइन र ? तर खै कहाँ छ नगरपालिका ? यसरी गाई वस्तु छोड्ने मालिकलाई कारबाही गर्नुपर्छ ।

नत्र किसानहरु यिनै छाडा गाईवस्तुहरुको मारमा परिरहने छन् । कि यी गाईवस्तुका मालिकहरुलाई कारबाही हुनुपर्यो र उनीहरु आफैले ती गाईहरुको व्यवस्थापन गर्छन् होइन भने नगरपालिकाले नै ती गाईहरुको उचित व्यवस्थापन गर्नुपर्यो । आज सुर्खेतका र खासगरी वीरेन्द्रनगर वरिपरीका किसानहरुका यी समस्या र मागहरु रहेका छन् । राज्यले यी हाम्रा यी मागहरु तत्काल सुनावाई गरोस् ।