• मंसिर १२ २०८१, बुधबार

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

चैत्र २२ २०७७, आईतवार

 काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजेल/मटितेलको १०३ रूपैयाँ कायम भएको छ ।       गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पेट्रोल र डिजेल/मटितेलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री  मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।